के यो विश्वकप मेस्सीले जित्छन् ? यो विश्वकपमा बनेका २ गजबका संगोग फ्यानहरूबीच चर्चामा
काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा लियोनेल मेस्सीको जादू पूर्णरूपमा देखिएको छ । उनको कप्तानीमा उनले अर्जेन्टिनालाई फाइनलमा पुर्याएका छन् । अब मेस्सी च्याम्पियन बन्नबाट एक जित टाढा छन् । उनीहरूको अन्तिम खेल दोस्रो सेमिफाइनलको विजेता फ्रान्ससँग हुनेछ।
यो फाइनल खेल डिसेम्बर १८ मा नेपाली समय अनुसार बेलुकी ८.४५ बजे हुनेछ । तर त्यसअघि मेस्सीका फ्यानका लागि एउटा खुसीको खबर आएको छ । वास्तवमा अर्जेन्टिनालाई तेस्रो पटक च्याम्पियन बनाउने दाबी गर्ने मेस्सीसँग सम्बन्धित दुईवटा अनौठो संयोग बनिरहेको छ ।
यस विश्वकपमा समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हराएको थियो । यो तेस्रो खेलमा लियोनल मेस्सीले पेनाल्टीको अवसर पाए पनि गोलमा परिणत गर्न सकेनन् । मेस्सी विश्वका स्टार खेलाडीमध्ये एक हुन् । साथै, उनी आफ्नो टोलीका सबैभन्दा अनुभवी र स्टार खेलाडी हुन्। अर्जेन्टिनाको यात्रामा सन् १९७८ र १९८६ को विश्वकपमा पनि यस्तै भएको थियो ।
त्यतिबेला पनि अर्जेन्टिनाले तेस्रो खेलमा पेनाल्टी पाएको थियो र दुई स्टार खेलाडी मारियो केम्पेस (१९७८) र डिएगो म्याराडोना (१९८६) ले पनि पेनाल्टी मिस गरेका थिए । त्यसपछि यी दुवै संस्करणमा अर्जेन्टिनाले उपाधि जित्यो। यसपटक पनि तेस्रो खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्न चुकेका छन् । र्, यही कारण यो उपाधि अर्जेन्टिनाले जित्छ भन्ने फ्यानहरूबीच चर्चा छ ।
अर्को संगोग फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लवसँग सम्बन्धित छ । सबैभन्दा पहिले, ब्राजिलका अनुभवी खेलाडी रोनाल्डिन्हो २००१ मा पीएसजी क्लबमा सामेल भए। अर्को वर्ष अर्थात् २००२ मा उनले ब्राजिललाई विश्वकपको उपाधि दिलाए ।
रोनाल्डिन्होपछि फ्रान्सका किलियन एम्बाप्पे सन् २०१७ मा पीएसजी गएका थिए । त्यसपछि अर्को वर्ष अर्थात् २०१८ मा उनले आफ्नो फ्रान्स टोलीलाई उपाधि दिलाए । यस्तै संयोग मेस्सीसँग पनि भइरहेको छ ।
मेस्सी पनि २०२१ मा पीएसजी क्लबमा आबद्ध भएका छन् र अब उनको टोली पनि फाइनलमा पुगेको छ । अर्थात् यो संयोगले पनि मेस्सीले उपाधि जित्न सक्छन् भन्ने पूर्ण सङ्केत दिइरहेको फ्यानहरूको दावी छ ।
३५ वर्षीय मेस्सीको यो अन्तिम विश्वकप हुन सक्छ । यसबारे मेस्सीले पनि संकेत गरेका छन् । सेमिफाइनलमा क्रोएसियालाई हराएपछि मेस्सीले मिडियासँग भने, ‘म धेरै खुसी छु र फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकपको यात्रा पनि समाप्त गर्दैछु । अर्को विश्वकप हुन अझै धेरै समय बाँकी छ । मलाई लाग्दैन कि म त्यो खेल्न सक्षम हुनेछु। मलाई लाग्छ यो यहाँ समाप्त गर्नु राम्रो हुनेछ।’
मेस्सी विश्वकप इतिहासमा सबैभन्दा बढी ११ गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी पनि बनेका छन् । यसबारे मेस्सीले भने, ‘सबै राम्रो छ। तर सबैभन्दा महत्त्वपूर्ण भनेको टोलीको लक्ष्य हासिल गर्नु हो। यो हाम्रो लागि सबै भन्दा राम्रो र सुन्दर कुरा हो। कडा परिश्रम पछि हामी अब एक कदम मात्र टाढा छौं। अब हामी हाम्रो लक्ष्य प्राप्त गर्न आफ्नो सबै (सर्वश्रेष्ठ) दिन जाँदैछौं।







डिसी नेपाल







Facebook Comment