एमबाप्पेलाइ मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

डिसी नेपाल
४ पुष २०७९ ७:२५
1.4k
Shares

पेरिस। फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार ब्यहोरे। साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन्। पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन्। फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए।

एमबाप्पेको ह्याट्रिकले अतिरिक्त समयको खेल बराबरीमा टुंगिएको सुनिश्चित गरे पनि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–२ ले हराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *