पाल्पामा जग खन्दा तोपका गोला भेटिए {हेर्नुहोस् भिडियो}

डिसी नेपाल
५ पुष २०७९ १५:४८

तानसेन। पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका–४ सिल्खानटोलको गोलाखानामा भवन निर्माणको लागि जग खन्ने क्रममा तोपका गोला फेला परेका छन् । अहिलेसम्म ३ सय बढी गोला फेला परेका छन् । अझै भेटिने क्रममा छन् ।

गोला भेटिएको जग्गा पाल्पा स्थित नेपाली सेनाको हो । यहाँ सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । घडेरी खन्ने क्रममा तोपका गोला भेटिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले बताएका छन् । फेला परेका गोलाहरु पाल्पा स्थित नेपाली सेनाले संकलन गरिरहेको छ । सामान्यतया १ सय ग्राम देखी २०-२५ किलोग्राम सम्मका गोलाहरु भेटिएका छन् ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *