अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सका खेलाडीमाथि रंगभेदी दुर्व्यवहार

डिसी नेपाल
६ पुष २०७९ १३:३४
924
Shares

काठमाडौं । फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले मंगलबार भनेको छ कि फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सेली टोलीका धेरै खेलाडीहरू सोशल मिडियामा “घृणित” जातिवादी दुर्व्यवहारको शिकार भएका छन्।

महासंघले यसविरुद्ध कानुनी उजुरी दिने जनाएको छ । टोलीका किंग्सले कोमान र ओहलियान चुयामेनी दुर्व्यवहारको निशाना बनेका छन् । पेनाल्टी सुटआउटमा दुवै खेलाडीले गोल गर्न सकेनन् ।

घटनाले गत वर्षको युरो २०२० फाइनलको सम्झना ल्यायो, जसमा इटालीसँग पराजित भएपछि इंग्ल्याण्डका तीन खेलाडीले यस्तै अवस्थाको सामना गरेका थिए। फ्रान्सको फुटबल प्रमुखले मंगलबार कडा विज्ञप्ति जारी गर्दै दुर्व्यवहार गर्नेहरूको निन्दा गरेका छन्।

विश्वकप प्रतियोगिताको क्रममा फ्रान्सेली टोलीलाई अधिकांश फ्रान्सेली जनताले समर्थन गरेका थिए र सोमबार टोली कतारबाट फर्किदा प्लेस डे ला कन्कोर्डमा ५० हजार मानिसहरु जम्मा भएका थिए ।

फ्रान्स फुटबल टोलीको बारेमा, एफएफएफले ट्वीट गर्‍यो, “विश्वकप फाइनलको अन्त्यमा, फ्रान्स टोलीका धेरै खेलाडीहरू सामाजिक सञ्जालमा नस्लवादी र अस्वीकार्य घृणायुक्त टिप्पणीहरूको निशाना बनेका थिए। एफएफएफ यसको निन्दा गर्दछ र यी टिप्पणीका लेखकहरू विरुद्ध उजुरी दायर गर्नेछ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *