रक्षा क्षेत्रमा प्रवेश गरेका चिनियाँ विमानलाई चेतावनी दिन ताइवानको यस्तो तयारी
ताइपेय। ताइवानले आफ्नो दक्षिणपूर्वी वायु रक्षा क्षेत्रमा प्रवेश गरेका ३९ चिनियाँ विमानलाई चेतावनी दिन लडाकु विमानहरू परिचालन गरेको ताइवानी रक्षा मन्त्रालयले बिहीबार जनाएको छ।
ताइवानले विगत दुई वर्षदेखि आफ्नो रक्षा क्षेत्रमा बारम्बार गस्ती गरेको गुनासो गर्दै आएको छ। पछिल्लो २४ घण्टामा आफ्नो वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड)मा चिनियाँ गतिविधिहरूको विवरण पनि रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ।
बिहीबारको घुसपैठमा २१ वटा लडाकु र चार वटा एच ६ बमवर्षक विमानहरू, एन्टिसबमरीन र हवाई इन्धन भर्ने विमानहरू रहेका ताइवानको मन्त्रालयले जनाएको छ। धेरै विमानहरू बसी च्यानल भनेर चिनिने जलमार्गबाट टापुको दक्षिणपूर्वी तटमा रहेको क्षेत्रमा उडेका थिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment