सरकार गठनका बिषयमा नेताहरुबीच कुनै छलफल भएको छैनः माधव नेपाल {भिडियोसहित}

डिसी नेपाल
७ पुष २०७९ १४:५०

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार गठनका बिषयमा नेताहरुबीच कुनै छलफल नभएको बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफु पनि बिरामी रहेकाले गठबन्धनमा सरकार गठनका बिषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।

उनले छिटै गठबन्धनको बैठक बसेर सरकार गठनका बिषयमा छलफल हुने जानकारी दिए । त्यस्तै राष्ट्रपतिको उम्मेद्वार बन्ने बिषयमा सोधिएको प्रश्नमा उनले आफूले कल्पनाका आधारमा जवाफ नदिने बताए । पद बाँडफाँटका बिषयमा तीन नेताहरुबीच छलफल चलाउनुपर्ने उनको भनाइ छ ।

उनले नेपाली राजनीतिले गरेको आफ्नो भूमिकाको अपेक्षा अनुसार आफु अघि बढ्ने बताए ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *