चितवनमा पिकअपले ठक्कर दिँदा बालकको मृत्यु

डिसी नेपाल
८ पुष २०७९ ९:३७
68
Shares

काठमाडौं। चितवनमा पिकअपले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ।

पूर्वी चितवनको राप्ती २ गड्यौलि स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान प्र.२-०३-००१ च १७९२ नं. को महेन्द्र पिकअपले ठक्कर दिँदा पैदल हिडेका ९ वर्षीय बालकको ज्यान गएको हो।

मृत्यु हुनेमा भारत घर भइ राप्ती २ गड्यौलि बस्ने अब्दुल मसिनका छोरा महमद एकलास रहेका छन्। आज बिहान ६ः४५ बजेको समयमा पूर्वबाट नारायणघाटतर्फ आएको पिकअपले उनलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले त्यहाँ स्थानीयहरुले विरोध गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *