बेन्जामिन नेतान्याहुको नयाँ सरकार इजरायलको सेना र अर्थतन्त्रका लागि खतरा: यायर ल्यापिड

डिसी नेपाल
९ पुष २०७९ ११:०९
28
Shares

काठमाडौं । इजरायलका निवर्तमान प्रधानमन्त्री यायर लापिडले बेन्जामिन नेतान्याहुको नेतृत्वमा बन्ने नयाँ दक्षिणपन्थी सरकार सेना, प्रहरी र अर्थतन्त्र जस्ता संस्थाका लागि खतरा भएको बताएका छन् ।

यायर लापिडले बेन्जामिन नेतान्याहुको नेतृत्वमा बनेको गठबन्धनलाई ‘इजरायलको इतिहासमा सबैभन्दा कट्टरपन्थी सरकार’ भनेका छन्।

यसअघि इजरायलको प्रधानमन्त्री बन्न लागेका बेन्जामिन नेतन्याहुले आउँदो साता सपथ लिने आशा रहेको बताएका थिए ।

इजरायलमा नयाँ सरकार गठनको बाटो खुलेको छ र योसँगै बेन्जामिन नेतान्याहु कीर्तिमानी छैटौं पटक सत्तामा फर्कन लागेका छन् ।

उनको गठबन्धन सरकारलाई कट्टरपन्थी यहूदी पार्टीहरू र अति-राष्ट्रवादी पार्टीहरूले समर्थन गरेका छन्।

यो इजरायलको इतिहासमा सबैभन्दा दक्षिणपन्थी सरकार बन्ने विश्वास गरिएको छ।

गठबन्धनले यहूदी बस्ती विस्तार गर्ने र सुरक्षा बल र न्यायपालिकामाथि नियन्त्रण बलियो बनाउने योजना बनाएको छ।

‘द ज्युइश पार्टी’का नेता इटामार बेन गभिरलाई नयाँ सरकारमा राष्ट्रिय सुरक्षामन्त्री बनाइने भएको छ ।

उनी विगतमा जातीय भेदभावको अपराधमा दोषी ठहर भइसकेका छन् ।

गठबन्धनका साझेदारहरूले नेतन्याहू विरुद्ध चलिरहेको घुसखोरी र जालसाजीको मुद्दालाई अन्त्य गर्ने कानुनी सुधारहरू पनि प्रस्ताव गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *