सरोकारवाला निकायबाट पूर्ण रुपमा सहयोग प्राप्त भयो : निवर्तमान गृहमन्त्री खाँण {भिडियो}

डिसी नेपाल
११ पुष २०७९ १५:०२
200
Shares

काठमाडौं । निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणले शान्तिसुरक्षा कायम गर्ने लगायतका काममा आफुलाई सरोकारवाला निकायबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा खाँणले निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय दायित्वदेखि शान्ति सुव्यवस्था लगाएत बिपद जोखिम न्युनिकरणका काममा आफुलाई पूर्णरुपमा सहयोग भएको भन्दै आभार व्यक्त गरेका हुन् ।

अरु कार्यालय भन्दा गृहमन्त्रालय मातहतका कार्यालयको दायित्व असिमित रहेकाले सवैले जिम्मेवारीपूवर्क काम गरेको पाइएको उनले बताए । उनले सरकार निर्माण गर्ने प्रक्रियामा गठबन्धन परिवर्तन भएको र यसलाई सहर्षपूवर्क लिनुपर्ने भन्दै आफुले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बधाई र शुभकामना दिएको धारणा राखे । उनले सरकारलाई सहयोग गर्नु सवैको दायित्व भएको जिकिर गरे । खाँणलाई मन्त्रालयका सचिव विनोद प्रकाश सिंह लगाएतले विदाई गरेका थिए ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.