सेनाको नयाँ प्रवक्तामा भण्डारी

डिसी नेपाल
१२ पुष २०७९ १७:४९
64
Shares

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी तोकिएका छन् । झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो ।

एक वर्षअघि प्रवक्तामा नियुक्त भएका हालका प्रवक्ता नारायण सिल्वालले उनलाई बुधबार बरबुझारथ गरी प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्दै छन् । सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *