आयुष, सुनिल, गौतमसहित ६ खेलाडी संकटामा
काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिगको मिति तय नहुँदै संकटा क्लबले ६ नयाँ खेलाडी अनुबन्ध गरेको छ। घरेलु फुटबलका प्रभावशाली विंगरद्वय आयुष घलान र सुनिल बलसँगै रक्षकहरु निसान खड्का र गौतम श्रेष्ठ, मिडफिल्डर सुरज जिउ ठकुरी र गोलरक्षक टिकेन्द्र थापालाई संकटाले अनुबन्ध गरेको हो।
गत संस्करण सुनिलकै प्रभावशाली प्रदर्शनमा साबिकको विजेता मच्छिन्द्र क्लबले ए डिभिजन लिगको उपाधि रक्षा गरेको थियो। लिगमा सुनिलले गत संस्करण ६ गोल गरेका थिए।
दोस्रो पटक घरेलु लिग खेल्न लागेका युवा खेलाडी आयुषले गत सिजन थ्री स्टारबाट खेलेका थिए। आयुषका थ्री स्टार सहकर्मी निसानलाई पनि संकटाले अनुबन्ध गरेको छ। त्यस्तै, सुरज र टेकेन्द्रले गत सिजन जावलाखेलबाट खेलेका थिए। गौतम विभागिय टोली त्रिभुवन आर्मी छाडेर संकटा पुगेका हुन्।
टेकेन्द्रबाहेक अन्य पाँच खेलाडीसँग नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेको अनुभव छ। टेकेन्द्रले तत्कालिन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा राष्ट्रिय टोलीमा स्थान बनाए पनि मैदान उत्रने अवसर भने पाएका थिएनन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment