मधेस प्रदेशको प्रदेशसभा पुस १८ मा सिफारिस

डिसी नेपाल
१४ पुष २०७९ २२:३३
12
Shares

जनकपुर । मधेस प्रदेश सरकारले प्रदेशसभाको पहिलो अधिवेशन यही पुस १८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

प्रदेशसभाको पहिलो अधिवेशन यही पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष सिफारिस गरिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । मुख्यमन्त्री राउतले आज प्रदेश प्रमुख मिश्रलाई भेटेर पहिलो अधिवेशन आह्वानका लागि सिफारिस पत्र बुझाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.