टाइप टू डायबिटिज पुरुषभन्दा महिलाहरुका लागि थप जटिल

डिसी नेपाल
१५ पुष २०७९ १३:५४
80
Shares

काठमाडौं । मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो। मधुमेहलाई मुख्यतया तीन प्रकारमा बाँडिएको छ ।

टाइप वान डायबिटिज – मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो। यसलाई पहिला ूइन्सुलिनमा आधारित डायबिटिज मिलाइटसू वा ूअपरिपक्व मधुमेहू भनेर चिनिन्थ्यो। के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन।

टाइप टू डायबिटिज –इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो। यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्। रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ। यसलाई पहिला इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस वा परिपक्व हुन लागेको मधुमेह भनेर चिनिन्थ्यो। अत्याधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टू डायबिटिजका प्रमुख कारकहरू हुन्।

गर्भावस्थामा हुने मधुमेह तेस्रो मुख्य प्रकारको मधुमेह हो। यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ।

टाइप टू डायबिटिज लागेको बेलामा लक्षणहरू बिस्तारै तथा थोरै मात्र देखिने वा नदेखिने हुन सक्छ।

मधुमेहले पुरुष र महिलालाई विभिन्न तरिकाले असर गर्न सक्छ। धेरै अनुसन्धानहरूले सुझाव दिन्छ कि मधुमेह भएका महिलाहरूलाई पुरुषहरूको तुलनामा जटिलताहरू बढ्न सक्ने सम्भावना हुन्छ। महिला र पुरुषमा मधुमेहका लक्षणहरू कसरी फरक हुन्छन् भन्ने कुरा जानौं।

पुरुषमा महिलाको तुलनामा टाइप टू मधुमेह हुने सम्भावना झण्डै दोब्बर हुन्छ। अधिक तौल वा मोटोपनले मधुमेहलाई बढावा दिन सक्छ। मधुमेहको लक्षण महिला र पुरुषमा फरक फरक हुन सक्छ। मोटोपना महिलामा बढी हुन्छ तर पुरुषको आन्द्रामा बोसो सजिलै जम्मा हुन सक्छ, जसका कारण मधुमेहले पुरुषलाई बढी असर गर्छ ।

महिलाहरुका लागि थप जटिल : एक पटक महिलाहरूलाई टाइप २ मधुमेह विकास भएपछि, उनीहरूले पुरुषहरूको तुलनामा जटिलताहरू अनुभव गर्ने सम्भावना बढी हुन्छ। पुरुषको तुलनामा महिलामा मुटुरोग, मृगौला रोग, स्ट्रोक, डिप्रेसन र चिन्ता बढी हुने गरेको छ ।

मधुमेह र यौन स्वास्थ्य: टाइप टू मधुमेहले यौन स्वास्थ्यलाई पनि असर गर्न सक्छ। मोटोपन र उच्च रक्तचाप बाहेक, मधुमेहले यौन दुर्बलताको जोखिम पनि बढाउन सक्छ। उच्च रक्त शर्कराले कोशिकाहरूलाई क्षति पुर्‍याउँछ, जसले यौन स्वास्थ्यलाई असर गर्न सक्छ। यसले महिलालाई भन्दा पुरुषलाई बढी असर गर्छ ।

लक्षण:
उपचार नगरिएका मधुमेहका रोगीहरूमा साधारणतया तौल घट्ने, धेरै पटक पिसाब लाग्ने धेरै तिर्खा लाग्ने तथा धेरै भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन् । टाइप टू डायबिटिज ९पहिलो प्रकारको मधुमेह० लागेको बेलामा लक्षणहरू बिस्तारै तथा थोरै मात्र देखिने वा नदेखिने हुन सक्छ।

मधुमेहका विशेष लक्षण नभए पनि केही अन्य लक्षणहरूले पनि यो रोग लागेको जनाउ दिन सक्छन्। आँखा धमिलो देख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, काटेका घाऊहरू ढिलो निको हुने र छाला चिलाउने आदि यसका थप लक्षणहरू हुन्।

यदि रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी भएमा आँखाको लेन्समा पनि ग्लुकोज जम्मा भएर यसको आकार बढ्न जान्छ र आँखाको दृष्टि परिवर्तन हुन्छ। मधुमेह लागेको बेलामा शरीरका केही विशेष भागमा खटिराहरू देखिन सक्छन्। यस्ता खटिराहरूलाई अङ्ग्रेजीमा डाइबिटिक डर्माड्रोम्स भनेर चिनिन्छ।

घरेलु औषधि:
–खाद्य पदार्थकै रूपमा प्रयोग गरिने वस्तुद्वारा पनि चिकित्सा गर्न सकिन्छ । यदि मधुमेह वंशानुगत छ र शरीर मोटो पनि छ भने निमको पातलाई थिचेर २ चम्चा रस बिहान खालीपेटमा दैनिक ४–५ महिनासम्म खाने ।

–तितेकरेलालाई खानाको रूपमा सधैं प्रयोग गर्ने । तिते करेलाको पातलाई थिचेर २ चम्चा बिहान खाली पेटमा खाने यदि पेटमा वायु बनेको छ भने सानो केराउको गेडा जति हिङ फुराएर रसमा मिलाई खाने ।

–अंकुरित चनालाई दिनमा २ पटक काँचै र रोटीतरकारी पकाएर खानाले राम्रो गर्दछ । यो पौस्टिक पनि छ । लसुन १ पिस बिहान खाली पेटमा खाने । १० पिस सफा बेलपत्र पिसेर कल्क बनाई पानीसँग खाने ।

–हर्रो २५ ग्राम, बर्रो २५ ग्राम, अमला २५ ग्राम, जिरा २५ ग्राम, कुटकी २५ ग्राम, चिराइतो २५ ग्राम, सुठो २५ ग्राम, तेजपात ५० ग्राम, गुर्जो ५० ग्राम, मेथी १०० ग्राम, जामुनको भित्रको कडा भाग ९गुठली० १०० ग्राम, आँपको बियाँभित्रको गुदी १०० ग्राम खाने ।

–माथि उल्लिखित सामाग्रीको अलग अलग चूर्ण गरी एक साथ मिलाई १-१ चम्चा निम पत्ताको रस, करेला पत्र स्वरस, गुर्जो पत्र स्वरससँग बिहान बेलुकी खाली पेटमा खानाले अत्यन्त फाइदा गर्दछ । उपर्युक्त चूर्ण खानलाई स्वरस (थिचेर चिरेर निकालेको रस) नमिले पानीसँग मात्र पनि खान सकिन्छ । सबै मिलाउन नसकेमा एक द्रव्यमा मेथी बिज चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, तिते करेलाको तरकारी, पत्र स्वरस, कुटकी चूर्ण, चिराइतो चूर्ण, निम्ब बिज चूर्ण कुनै एक मात्र भए पनि माथि उल्लिखित स्वरस, पानीसँग खाने गर्नाले मधुमेहका रोगीमा अत्यन्त फाइदा गर्दछ ।

–हर्रो ५० ग्राम, वर्रो ५० ग्राम, अमला ५० ग्राम लिई अलग अलग चूर्ण बनाई एउटा बट्टामा राख्ने । १-२ चम्चा सुत्ने समयमा खानाले शरीर स्वास्थ राख्नमा पद्दत पर्याउँछ । सकभर दैनिक प्रातः भ्रमण गर्ने र रात्रिमा सम्पूर्ण शरीर मालिस गर्ने । यदि शरीर दुख्ने भएमा सातामा १–२ दिन वाष्प स्नान गर्ने ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *