प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेट

डिसी नेपाल
२० पुष २०७९ १४:५०
116
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन पहल गरिरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

सरकारमा सहभागी हुने विषयमा एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन। तर पार्टीभित्र सरकारलाई विश्वासको मत दिएर सहभागी हुनुपर्ने आवाज बलियो छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.