लुम्बिनीमा सरकार गठनका लागि आह्वान

डिसी नेपाल
२१ पुष २०७९ १३:३८
100
Shares

बुटवल। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन्।

प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरुसंग सरकार गठनका लागि पर्याप्त वहुमत अर्थात ५२ सांसद छन्। स्वतन्त्रबाट जितेका रोल्पाका दिपेन्द्र पुन पनि माओवादीमा प्रवेश गरेकाले ५३ सांसद पुगेका छन्।

एमाले र माओवादीले मुख्यमन्त्रीको दाबी गर्दै लीला गिरी र जोखबहादुर महरालाई दलको नेता बनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.