कम्बोडियामा मृत्यु भएका पाण्डेको शव ल्याउन लागेको खर्च सरकारले ब्यहोर्ने

डिसी नेपाल
२२ पुष २०७९ १२:१४
300
Shares

काठमाडौं । कम्बोडियाको आगलागीमा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन लाग्ने खर्च सरकारले नै ब्यहोर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको शव ल्याउन पहल गर्ने र लागेको खर्च सरकारले नै व्यहोर्ने निर्णय गरेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यस्तै बेठकले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा बाजुरामा झडप हुँदा ज्यान गुमाएका दुई युवकका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सरकारले चुनावमा झडप हुँदा सञ्जिव अएडी र चेतन अएडीका परिवारलाई १०\१० लाख आर्थिक सहयोग दिने मन्त्री पौडेलले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *