नेपाल टी–२० : जनकपुरले हरायो शीर्ष स्थानको लुम्बिनीलाई
काठमाडौँ। काठमाडौंमा जारी नेपाल टी–२० लिगको शुक्रबार भएको खेलमा जनकपुर रोयल्सले शीर्ष स्थानको लुम्बिनी अल स्टारलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनी २३ रनले पराजित भएको हो । लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र जोडेको थियो।
लुम्बिनीका अनिल साहले ३५, लहिरु मिलन्थाले ३२, सुनील धमलाले २७ र गुल्सन झाले १० रन जोडे भने जनकपुरका ट्रिभोन ग्रिफिथले ३, समिउल्लाह सिन्वारीले २ र ललित राजवंशीले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो।
जनकपुरका लागि ग्रिफिथले ४७, सरफुद्दिन अस्रफले ३४, खड्क बोहराले २२, समिउल्लाह सिन्वारीले २० र दिलीप नाथले १० रन जोडे।
लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले समान २ र इसान पाण्डे र प्याट ब्रोनले एक/एक विकेट लिए। जनकपुरसँग पराजित भए पनि लुम्बिनी लिगको शीर्ष स्थानमै छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment