१० दिनमा तौल घटाउन चाहनुहुन्छ? सुत्नुअघि यी ६ काम गर्नुहोस्

डिसी नेपाल
२४ पुष २०७९ १०:५१
508
Shares

काठमाडौं । अहिले धेरैजसो मानिस मोटोपनाबाट त्रसित छन् र तौल घटाउनका लागि निरन्तर व्यायामका साथसाथै डाइट पनि गर्छन् तर त्यसको बावजुद तौल घट्न सकेको हुँदैन । यदि तपाई पनि यो समस्याबाट ग्रसित हुनुहुन्छ भने आउनुहोस् हामी तपाईलाई केही सजिलो उपाय बताउँछौँ। जसलाई राती सुत्नुअघि अपनाएर सजिलै घटाउन सकिन्छ।

सुत्नु भन्दा २ घण्टा अघि खाना खानुहोस्ः तौल घटाउनका लागि राति हल्का खाना खानुहोस् र सुत्नुभन्दा कम्तिमा २ घण्टा अगाडि खाना खाने प्रयास गर्नुहोस्। खानामा ती चीजहरू समावेश गर्नुहोस्, जुन सजिलै पचाउन सकिन्छ र बेलुकाको खानापछि थोरै हिड्ने प्रयास गर्नुहोस्।

खानुअघि एप्पल साइडर भिनेगर पिउनुहोस्ः एप्पल साइडर भिनेगरले खानाको तृष्णा कम गर्छ। त्यसैले यदि तपाईं तौल घटाउन खोज्दै हुनुहुन्छ भने, डिनरअघि एप्पल साइडर भिनेगर पिउनुहोस्। एप्पल साइडर भिनेगर पिउनाले शरीरलाई डिटोक्स पनि गर्छ र साथसाथै तपाईले धेरै खानेकुराबाट बच्नुहुनेछ।

राति रक्सी नपिउनुहोस्ः रक्सीमा धेरै क्यालोरी हुन्छ र सुत्नुअघि अल्कोहल पिउनुभयो भने यसले तौल छिटो बढाउँछ। यदि तपाई पनि तौल घटाउन खोज्दै हुनुहुन्छ भने राति सुत्नुअघि रक्सी सेवन नगर्नुहोस् ।

सुत्नुअघि ध्यान गर्नुहोस्ः तौल बढ्नुको सबैभन्दा ठूलो कारण तनाव पनि हो र तनावका कारण तौल बढ्ने समस्या पनि हुन्छ । ध्यानले तनाव कम गर्छ, त्यसैले सुत्नुअघि ध्यान गर्नुपर्छ।

तातो पानीले नुहाउनुहोस्ः तौल घटाउनको लागि राम्रो निद्रा धेरै आवश्यक हुन्छ र विज्ञहरूका अनुसार सुत्नुअघि मनतातो पानीले नुहाउँदा राम्रो निद्रा पर्ने बताउँछन् । तातो पानीले नुहाउँदा शरीरलाई आराम मिल्छ । विज्ञहरूका अनुसार राम्रो निद्राका कारण सुत्दा पनि बोसो जल्छ र तौल घटाउन सजिलो हुन्छ ।

सुत्नुअघि चिया–कफी पिउनु हुँदैनः चिया र कफी सुत्नुअघि गल्तिले पनि पिउनु हुँदैन किनभने राती चिया र कफी पिउनाले निद्रामा असर पर्छ । निद्रा नपुग्दा मेटाबोलिज्म बिग्रन्छ र तौल बढ्न थाल्छ । यदि तपाईं पनि सुत्नुअघि चिया(कफी पिउनुहुन्छ भने तुरुन्तै बन्द गर्नुहोस्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *