नागरिक उन्मुक्ति पार्टीमा विवाद, अध्यक्ष र वरिष्ठ नेताबीच सामाजिक सञ्जालमै दोहोरी

डिसी नेपाल
२४ पुष २०७९ २१:३३
700
Shares

धनगढी । पार्टी दर्ता भएको एक वर्ष पुरा नहुँदै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा विवाद हुन थालेको छ ।

पार्टीको विवाद नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र सो पार्टीका वरिष्ट नेता लक्ष्मण चौधरीबीच सामाजिक सञ्जालमै भएको दोहोरीले छर्लङ्ग पारेको छ ।

आइतबार नागरिक उन्मुक्ति पार्टीका वरिष्ट नेता लक्ष्मण चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टिकापुर राजवन्दि मा। रेशमलाई गल्ति गर्ने छुट छैन ।’

समाजिक सञ्जालनमा लक्ष्मण चौधरीले उक्त अभिव्यक्ति पोष्ट गरेको केही समयमै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सोही पोष्टमा प्रतिक्रिया दिएकी छन् । उनले लक्ष्मण चौधरीलाई चेतावनिको शैलीमा लेखेकी छन्, ‘दुई(चार लाखमा बिकी हाल्ने जस्तो सोच्नू भयो ? आफ्नो पहिचानको लागी लडाई लडेर जेल पर्नु भएको माननीय ज्यू अहिले पनी कारागार मै हुनु हुन्छ लक्ष्मण जी स्मरण रहोस ।’

सामाजिक सञ्जालमा नागरिक उन्मुक्तिका जिम्मेवार नेता आरोप प्रत्यारोपमा उत्रेपछि पार्टीभित्र विवाद रहेको भन्दै कार्यकर्ता तथा शुभेच्छुकले भने पार्टीको विवाद आन्तरिक रुपमै सुल्झाउनु पर्ने सुझाव दिएका छन् । दुई नेताबीच आरोप प्रत्यारोप चलेपछि लक्ष्मण चौधरीको पोष्टमा प्रतिक्रिया जनाउँदै बिरेन्द्र चौधरीले लेखेका छन, ‘५ सीटमा भाड भैलो ।’

कतिपय शुभेच्छुकले भने आन्तरिक विवाद बाहिर नल्याउन सुझाव दिएका छन् । लक्ष्मणकै पोष्ट मा सूर्य चौधरीले लेखेका छन्, ‘दाजु  समाजिक सन्जालमा यसरी पोष्ट गर्नु कतिको जायज हो ?हामी थारुमा यहित कमजोरी छ पहाडीको तलुवा चाट्न खोज्छौ आफ्नो अनि आफ्नो घरझगडा अरु सामु सम्पुन्छौ ।’

नागरिक उन्मुक्ति पार्टीमा सरकारमा जाने वा नजाने भन्ने विषयमा आन्तरिक विवाद चुलिएको पाइएको छ । लक्ष्मण चौधरीले सोही विवादलाई सामाजिक सञ्जालमा पोखेका हुन् । नागरिक उन्मुक्ति पार्टीमा एक जनामात्रै निर्णायक रहेको र निर्णय गर्दा अरुसँग छलफलनै नगर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *