पोर्चुगलको प्रशिक्षकमा मार्टिनेज नियुक्त

डिसी नेपाल
२६ पुष २०७९ ९:२२
256
Shares

काठमाडौँ। रोबर्टाे मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। स्पेनिस प्रशिक्षक मार्टिनेजले पोर्चुगलसँग साढे तीन वर्षको सम्झौता गरेका हुन्।

पोर्चुगिज फुटबल संघले मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गर्दै मार्टिनेजलाई जिम्मेवारी दिएको हो। कतार विश्वकप २०२२ को क्वार्टरफाइनलबाट बाहिरिएपछि सान्तोस बर्खास्तमा परेका हुन्।

४९ वर्षीय प्रशिक्षक मार्टिनेजले विश्वकपमा बेल्जियम समूह चरणबाट बाहिरिएपछि राजीनामा दिएका थिए। प्रशिक्षक मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोको लागि राष्ट्रिय टोलीको ढोका सधै खुल्ला रहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *