लिम्चुङबुङ पर्यटनको नयाँ गन्तव्य

डिसी नेपाल
२६ पुष २०७९ १४:१९

उदयपुर । उदयपुरको लिम्चुङबुङ पर्यटनको नयाँ गन्तव्यको रुपमा घोषणा भएसगैं यसको चर्चा चुलिएको छ । लिम्चुङबुङमा यतिबेला पर्यटकहरुको आगमन शरु भएको छ। उदयपुरको सदरमुकाम गाईघाटदेखि मुर्कुची हुँदै रौतामाई गाउँपालिका ७, ८ भएर लिम्चुङबुङ पुग्न सकिन्छ । यहाँबाट विभिन्न स्थानका मनोरम दृश्यहरु देख्न सकिन्छ ।

लिम्चुङबुङबाट बिहानीको झुल्केघामका साथै सगरमाथाको मनोरम दृश्य राम्रोसंग देख्न सकिन्छ । यहाँबाट सगरमाथाको ३ भागमध्ये २ भाग राम्रो संग देख्न सकिन्छ । यहाँबाट हिमालको मनोरम दृश्य देख्न सकिने पर्यटन व्यवसायी राम सुन्दर बकेले बताएका छन् ।

यहाँ नेपाल उद्योग व्यापार महासंघ,भक्तपुर जिल्ला अध्यक्षसमेत रहेका राम सुन्दरको नेतृत्वमा आन्तरिक पर्यटनको टोलीले को लिम्चुङबुङको भ्रमण गरी त्यसको पर्यटन प्रवद्धनमा जोड दिएका छन् । लिम्चुङबुङमा पर्यटनको आगमन संगै यहाँ गाउँगाउँमा होमस्टेहरु पनि सुचारु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *