दक्षिण कोरियामा चिनियाँ यात्रुलाई प्रतिबन्ध लगाइएपछि चीनले कोरियालीलाई भिसा दिन रोक्यो

डिसी नेपाल
२७ पुष २०७९ १३:३०
60
Shares

काठमाडौं । कोरोनाको बढ्दो केसहरू बीच धेरै देशहरूले चीनबाट आउने यात्रुहरूमा प्रतिबन्ध लगाएका छन्। अब यसको बदलामा चीनले दक्षिण कोरियाबाट आउने यात्रुलाई छोटो अवधिको भिसा दिन बन्द गरेको छ ।

दक्षिण कोरियामा रहेको चिनियाँ दूतावासले दक्षिण कोरियाले लगाएको प्रतिबन्धलाई “पक्षपाती” भनेको छ र उनीहरूको अर्को कदम प्रतिबन्धहरू हटाउनेमा निर्भर हुने बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ दूतावासका अधिकारीले यो नयाँ नियमको पुष्टि गरेका छन्।

एक दिन अघि, चीनका विदेश मन्त्री किन गांगले आफ्नो दक्षिण कोरियाली समकक्ष पार्क जिनसँग फोन वार्तामा प्रतिबन्धहरूप्रति चिन्ता व्यक्त गरे।

यस क्रममा पार्कले किनलाई दक्षिण कोरियाले प्रतिबन्ध लगाउने निर्णय वैज्ञानिक प्रमाणमा आधारित रहेको बताइन्।

दक्षिण कोरियाले गत सातादेखि चीनबाट आउने यात्रुका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *