अफगानिस्तानको विदेश मन्त्रालयबाहिर आत्मघाती हमला, २० जना हताहत

डिसी नेपाल
२८ पुष २०७९ ८:०५
116
Shares

काबलु। अफगानिस्तानको काबुलस्थित विदेश मन्त्रालय बाहिर आत्मघाती बम हमला हुँदा कम्तीमा २० जनाको हताहति भएको छ। आक्रमण स्थलनजिक टर्की र चीनलगायत धेरै देशका दूतावास छन्।

इस्लामिक स्टेट समूहको स्थानीय शाखा इस्लामिक स्टेट- खोरासान प्रान्त (आईएस-के) ले टेलिग्राममा एक पोस्टमा आक्रमण गरेको दाबी गरेको छ।

प्रहरीले कम्तिमा पाँच सर्वसाधारणको मृत्यु भएको बताएको छ तर तालिबानका अर्का एक अधिकारीले २० जनाको ज्यान गएको बताएका छन्। आक्रमणबारे तालिबान अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन्।

आक्रमणको समयमा चिनियाँ प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयको भवनभित्र अफगान अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम थियो । आक्रमणमा कम्तीमा ४० जना घाइते भएका प्राप्त विवरणहरुमा जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *