‘गान्धी गोडसे एक युद्ध’ फिल्म एउटा बैश्य पनि नकाटी सेन्सर बोर्डबाट पास

डिसी नेपाल
२८ पुष २०७९ १०:३५
584
Shares

काठमाडौं । राजकुमार सन्तोषीको फिल्म ‘गान्धी गोडसे एक युद्ध’लाई सेन्सर बोर्डले कुनै काँटछाँट बिना नै पास गरेको छ ।

यस फिल्ममा गान्धी र गोडसेको विचारबीचको द्वन्द्व देखाइएको र यसबारे निकै चर्चा भएको फिल्मको ट्रेलरले देखाएको छ ।

फिल्मसँग सम्बन्धित पत्रकार सम्मेलनमा निर्देशक राजकुमार सन्तोषीले फिल्मलाई सेन्सर बोर्डका मान्छेले निकै रुचाएको बताए ।

गोडसेको बारेमा बोल्दै उनले गोडसेको आवाज दबाइएको र जुन उनका अनुसार गलत भएको बताए ।

उनले भने, “धेरैले (गोडसेको विचार) जान्न चाहन्छन्। गोडसेले एउटा कदम चाले, सही वा गलत, युवाहरूले निर्णय गर्नेछन्।”

‘म कुनै पार्टीसँग आबद्ध छैन, यो प्रचारात्मक फिल्म होइन, मैले इमान्दारिताका साथ फिल्म बनाएको छु ।

उनले भने, ‘फिल्ममा गान्धीजीको पक्ष र गोडसेको पक्षलाई इमान्दारीपूर्वक राखिएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *