साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?
काठमाडौँ। साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बिहिबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment