पेरिस स्टेशनमा छुरा प्रहारबाट ६ जना घाइते
काठमाडौं । पेरिसको एक रेल स्टेसनमा बुधबार चक्कु प्रहार हुँदा ६ जना घाइते भएका छन् । हमला स्थानीय समय अनुसार बिहान ६:४२ मा भएको थियो र एक मिनेटमै आक्रमणकारीले छ जनालाई घाइते बनाएको थियो।
पेरिसका आन्तरिक मन्त्री जेरोल्ड दरमानिनीले भने कि आफ्नो शिफ्ट पूरा गरेर घर फर्केका सुरक्षा बलहरूले एक संदिग्धलाई पक्राउ गरेका थिए।
संदिग्ध आक्रमणकारीलाई तीनवटा गोली लागेको र गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना गरिएको उनले बताए । आक्रमणको कारण पत्ता लगाउने प्रयास भइरहेको उनले बताए । घाइते हुनेमा एक प्रहरी पनि रहेका छन् ।
प्रहरीले आक्रमणकारीको नाम भने खुलाएको छैन, उनको साथबाट कुनै परिचयपत्र पनि फेला परेको छैन । आक्रमणमा घरेलु हतियार प्रयोग गरिएको दरमानिनीले बताए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment