पोखरा विमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी, ५ जनाको सनाखत

डिसी नेपाल
१ माघ २०७९ १६:२४
1.5k
Shares

पोखरा। यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ।

कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ। उनका अनुसार दुर्घटनास्थलवाट निकालिएका शवलाई अस्पतालमा राखिएको छ।

अन्यको खोजी जारी रहेको उनले जानकारी दिएका छन। मृतकको सनाखत कार्य भईरहेको छ।

दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ।

आइतबार बिहान साढे १० बजे यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *