पोखरा बिमान दुर्घटनामा ६८ जनाको निधन भएको पुष्टी, सनाखत हुँदै
पोखरा। यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टी भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गर्दै ६८ जनाको मृत्यु भएको पुष्टी गरेको हो। सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको हो।

सेती नदीको खाँेचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए। उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ।
दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, सदारत अलिमिया, डा. सेना दिवाकर, रियान पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ र कोरियन नागरिक यू क्यानगुलको सनाखत भएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment