हल्ट प्राइज नोबेल कलेजमा तालिम सम्पन्न
काठमाडौँ। हल्ट प्राइज नोबेल कलेजले आज एक कार्यक्रमका बीच हल्ट प्राइजका प्रतियोगीहरुलाई अभिमुखीकरण र दिगो फेसन बिषयमा तालिम सम्पन्न गरेको छ।
हल्ट प्राइज नेपालका पुर्व कम्युनिटी बिल्डर आशिष लामिछानेले हल्ट प्राइजको बारेमा बिस्तृत जानकारी, कार्यक्रम संचालन र प्रतियोगितामा कसरीसहभागी रहने भन्ने बिषयमा आफ्नो प्रस्तुतीकरण गरेका थिए। लामिछानेले हल्ट प्राइज उद्यम र उद्यमशीलता प्रतिको युवा विद्यार्थीहरुको लगावको खुल्ला रुपमा प्रशंसा गरेका थिए।
हल्टले युवा उद्यमी बन्ने एउटा सुनौलो अवसर प्रदान गरेको र त्यो अवसरलाई नोबेल कलेजले बिगत २ बर्ष देखि सहि सदुपयोग गर्दै आएको कुरा स्मरण गर्दै यस बर्षका प्रतियोगी र आयोजक समुह दुबैलाई कार्यक्रमको सफलताको शुभकामना पनि ब्यक्त गरेका थिए।
त्यस्तै, फिब्रो फेशनका प्रमुख कार्यकारी अधिकृत एवं सह-संस्थापक सुरजराज पाण्डेले हल्ट प्राइजको यस बर्षको थिम रिडिजाइनिङ्ग फेशन बिषयलाई समेट्ने गरी दिगो रुपमा फेशनलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा आफ्नो व्यवसायको आधारमा रही आफ्नो अनुभवको प्रस्तुति गरेका थिए।
पाण्डेले दिगो विकासका लक्ष्यलाई आत्मसाथ गरेर जसरी हल्ट प्राइजले युवा उद्यमीलाई प्रोत्साहन गरेको छ, त्यो आफुले आफ्नो व्यवसायमा पनि अवलम्बन गरेको बताए। हल्ट प्राइज नोबेल कलेजको बर्ष २०२२/२३ को सहभागी हुन दर्ता भएका ९ समूहलाई तालिमको आयोजना गरिएको कार्यक्रम संचालक सार्थक पण्डितले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment