झक्कड थापाको आफ्नै कथामा गीत आयो, हेर्नुहोस् भिडियो

डिसी नेपाल
२७ पुष २०७५ १०:३३

नेपालको सबैभन्दा ठुलो सिङ्गिग रियालिटी शो नेपाल आईडलबाट अचम्म किसिमको गीत गएर पनि देश बिदेश मा चर्चा कमाउन सफल व्यक्ती झक्कड थापा ले आफ्नो जीवन कहानी सँग ठ्याक्कै मेल खाने गीत बजारमा लिएर आएका छन । जत्तिनै चर्चा परीचर्चा पाएपनी आफ्नो दैनिकी र गुजराको लागि पुन आफ्नो काममा लाग्नुपर्ने र अहिले आफुले पनि नेपालगन्ज मा गएर अटो रिक्सा चलाई आफ्नी बुढी आमा, श्रीमती र छोरा छोरीलाई पालिरहेका बताउने झक्कड थापाले फलानो फिल्म्स द्वारा भर्खर मात्रा बजारमा पहिलो अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेका हुन ।

भुपेन्द्र बुढाथोकी को शब्द, गोबिन्द मधुर आचार्य को संगीत र रोशन भट्ट को छायाँकन रहेको गीत मा झक्कड थापाले आफ्नो जीवन काहानीलाई मिठो तरिकाले स्वर भरेका छन।स्मार्ट टि.भी द्वारा निर्माणाधिन भिडियो को निर्देशन् र इडिटिङ सन्द्गेश शाह को रहेको छ भने सो भिडियो मा सन २०१६ कि मिस राइ सिता राई ले थापा सँग कतै रोमान्स त कतै ठुम्का सम्म लगाएको देख्न सकिन्छ।

सो भिडियो मा बारिश्ठ पत्रकार प्रेम राज लामिछने को सम्म अभिनय देख्न सकिन्छ.कमेडी बेस र रोमन्टिक किसिमले बनाईेएको गीतलाई दर्शक हरुले रुचाउने कुरामा झक्कड थापा भन्छन “म त ढुक्क छु दर्शक ले यो गीतलाई पनि उत्तिकै माया गर्नुहुन्छ र नाच्नुहुन्छ ”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *