कमल थापाले बुझे चुनाबी समिक्षाको प्रतिबेदन

डिसी नेपाल
४ माघ २०७९ १२:२७
40
Shares

काठमाडाैं। मङ्सिर ४ गते सम्पन्न भएको निर्बाचन पश्चात् राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकद्वारा गठित “निर्बाचन समिक्षा कार्यदल”ले आज आफ्नो प्रतिबेदन पार्टी अध्यक्ष कमल थापा समक्ष पेश गरेको छ।

पार्टी उपाध्यक्ष डा. बिष्णु भण्डारीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिबेदन आगामी माघ ९/१० गते काठमाडौंमा डाकिएको केन्द्रीय समिती बैठकमा प्रस्तुत गरिने छ।

प्रतिबेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समिक्षा प्रतिबेदन बिस्तृत अध्ययन गरेर केन्द्रीय समितिमा छलफल पश्चात् कार्यान्वयन गरिने बताए।

प्रतिबेदन यथार्थ परक र ब्यबहारिक बनाउन हर सम्भब प्रयास गरिएको ,देशभरीका नेता कार्यकर्ताहरुको भावना समेटिएको तथा कमी कमजोरीका बारेमा समेत यथेष्ट उल्लेख गरिएको कार्यदलका संयोजक डाक्टर भण्डारीले जानकारी दिए।

कार्यदलमा नेताहरु बसन्तमान सिंह अधिकारी , शुरेश आचार्य ,माधब खत्री , नर प्रसाद थापा ,यवती कार्की, हिक्मत सिंह भण्डारी ,राजाराम बर्तौला “चुनेली”,उज्वल पोखरेल, रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *