सभामुखमा उम्मेदवारी दर्ता गराउन संसद भवन पुगे एमालेका देवराज घिमिरे
काठमाडौँ। प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउन नेकपा एमालेका देवराज घिमिरे संसद भवन पुगेका छन्।
भोलि हुने सभामुख चयनको निर्वाचनमा एमालेबाट घिमिरेले उम्मेदवारी दर्ता गर्न लागेका हुन्। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ।
घिमिरेको प्रस्तावकमा एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment