अल शबाबको आक्रमणमा सोमालियाका वरिष्ठ कमाण्डर मारिए

डिसी नेपाल
४ माघ २०७९ १३:०१
16
Shares

काठमाडौं । सोमालियामा जिहादी समूह अल शबाबले गरेको आक्रमणमा एक वरिष्ठ सेना कमाण्डरको मृत्यु भएको छ । यस हमलामा अरु धेरै सैनिक मारिएका छन् ।

सोमाली अधिकारीहरूले भनेका छन् कि अल-शबाबले सैन्य आधारमा आक्रमण गरेको थियो। यो सैन्य बेस राजधानी मोगादिसुको उत्तरमा रहेको हवाले सहरमा छ।

मृत्यु हुनेमा कर्नेल अबशीर शताके रहेका छन् । सेनाले गत वर्षको अक्टोबर महिनामा यो सैन्य अखडा आफ्नो नियन्त्रणमा लिएको थियो । हालै सोमालियाको सेनाले अल शबाबलाई धेरै मोर्चामा पराजित गरेको छ।

एक दिन अघि सेनाले महत्वपूर्ण बन्दरगाहमा अधिकार प्राप्त गरेको थियो।

यो बन्दरगाह धेरै वर्षसम्म जिहादीहरूको कब्जामा थियो। गत वर्ष अभियान सुरु भएदेखि सोमालियाको सेनाले अल शबाबको नियन्त्रणमा रहेको ठूलो क्षेत्र कब्जा गरेको छ ।

सोमालियाको सेनालाई अमेरिका र टर्कीको वायुसेनाको पनि समर्थन छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *