युक्रेनका राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा, के हो कारण ?

डिसी नेपाल
४ माघ २०७९ १३:०९
84
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपतिका सल्लाहकार ओलेस्की अरेस्टोभिचले राजीनामा दिएका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार ओलेस्कीले एक विज्ञप्तिमा भने कि युक्रेनको वायु रक्षाले डिनिप्रो शहरमा रुसी क्षेप्यास्त्र खसालेको थियो र त्यसको कारणले उक्त क्षेप्यास्त्र भवनमा ठोक्किएको थियो।

मिसाइल ठोक्किँदा ४४ जनाको मृत्यु भएको छ । ओलेस्कीले आफूले ‘गल्ती’ गरेको र यसका लागि माफी पनि मागेको बताएका छन् । उनको प्रारम्भिक बयानपछि युक्रेनका जनताले गहिरो असन्तुष्टि व्यक्त गरेका छन् । रुसी अधिकारीहरूले युक्रेनलाई बदनाम गर्न यो घटना प्रयोग गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *