सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता
काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
उनको प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
भोलि हुने सभामुख चयनको निर्वाचनमा एमालेबाट घिमिरेले उम्मेदवारी दर्ता गर्न लागेका हुन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।



प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment