नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

डिसी नेपाल
४ माघ २०७९ १३:५०
16
Shares

काठमाडौं। सेना दिवस-२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ फोटो तथा युनिट विशेष प्रदर्शनी हुने भएको छ।

सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा शुक्रबारदेखि सुरु हुने उक्त प्रदर्शनीमा नेपाली सेनाको ऐतिहासिक विकासक्रम एवं वर्तमानका गतिविधिको झलक प्रस्तुत गरिने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

उक्त प्रदर्शनीमा फोटोसहित, हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अङ्ग, शान्ति मिसनमा नेपाली सेनाको सहभागितासम्बन्धीका गतिविधि समावेश हुने जनाइएको छ।

यस्तै, सैनिक ब्याण्ड, विशेष फौज, एकीकरण पदमार्ग, घोडचडी, सैनिक पोसाक र उपकरण, तथा निकुञ्ज सुरक्षासम्बन्धी पनि प्रदर्शनी गरिने जनाइएको छ। नेपाली सेनाले उक्त निःशुल्क प्रदर्शनीमा इच्छुक व्यक्तिलाई सहभागिताका लागि आग्रह गरेको छ।

प्रदर्शनी माघ ६ गतेबाट ९ गते बिहान १० देखि साँझ ५ बजेसम्म हुने निर्देशनालयले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *