पत्रकार तथा नोबेल पुरस्कार विजेता मारिया रेसाले कर छलीको आरोपबाट सफाइ पाइन्
काठमाडौं । पत्रकार तथा नोबेल पुरस्कार विजेता मारिया रेसा र मिडिया संगठन र्यापलरलाई फिलिपिन्सको एक अदालतले कर छलीको आरोपमा सफाइ दिएको छ । अदालतको यो निर्णयलाई देशमा प्रेस स्वतन्त्रताको जितका रुपमा हेरिएको छ ।
यो निर्णयपछि रेसाले भनिन्, ‘आज तथ्यको जित भयो, सत्यको जित भयो, न्यायको जित भयो ।’ यदि यस मुद्दामा रेसा दोषी ठहरिएको भएमा उनलाई ३४ वर्षको जेल सजाय हुने थियो। रेसामाथिको यो मुद्दा सन् २०१८ देखि चलिरहेको थियो ।’
पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको सरकारले मारिया रेसा र समाचार एजेन्सी र्यापलरलाई विदेशी लगानीकर्ताबाट उठाइएको पैसामा कर छली गरेको आरोप लगाएको छ।
फिलिपिन्सको न्याय विभागले आरोप लगायो कि विदेशी लगानीकर्ता ओमिड्यार नेटवर्क र नर्थ बेस मिडियाले २०१५ मा र्यापलरलाई वित्त पोषित गर्यो र र्यापलरले घोषणा नगरेको डिपोजिटरी रसिदहरूको रूपमा करयोग्य आम्दानीमा २.५ मिलियन डलर उठायो।
रेसा र मिडिया संगठन र्यापलरले यो आरोप अस्वीकार गर्दै आएका छन्। फैसला सुनाउँदै अदालतले रेसा र मिडिया संस्थाविरुद्ध आशंका उठाउनुका साथै सरकारी पक्षका वकिलले ठोस प्रमाण पेश गर्न नसकेको बताएको छ ।







डिसी नेपाल







Facebook Comment