कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

डिसी नेपाल
४ माघ २०७९ १५:३१
340
Shares

काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् ।

उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन्।

भोलि हुने सभामुख चयनको निर्वाचनमा एमालेबाट देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ।

बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

उनलाई एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.