पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको विधानसभा भंग
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको विधानसभा बुधबार भंग भएको छ । पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी नेतृत्वको यो दोस्रो राज्य सरकार थियो, जसले सत्ता छोडेर चुनावको बाटो रोजेको छ।
खैबर पख्तुनख्वाका गभर्नर हाजी गुलाम अलीले आज विधानसभा भंग गर्ने आदेशमा हस्ताक्षर गरे। मुख्यमन्त्रीको सल्लाहमा प्रदेशसभा विघटन गर्न लागिएको राज्यपालको आदेशमा उल्लेख छ ।
कार्यवाहक मुख्यमन्त्रीको नियुक्ति नभएसम्म महमूद खान मुख्यमन्त्रीमा रहनेछन् । मुख्यमन्त्री र विपक्षी दलका नेताले तीन दिनभित्र आपसी परामर्श गरेर कामचलाउ मुख्यमन्त्री नियुक्त गर्नेछन् ।
समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार इमरान खान निर्धारित समयभन्दा अगावै आम चुनाव गराउने एजेन्डामा अगाडि बढिरहेका छन् ।
गत वर्ष अप्रिलमा अविश्वासको प्रस्ताव हारेपछि इमरान खान सत्ताबाट हटेका थिए । त्यसयता पाकिस्तानमा राजनीतिक अनिश्चितताको वातावरण जारी छ।







डिसी नेपाल







Facebook Comment