मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

डिसी नेपाल
४ माघ २०७९ १५:५५
340
Shares

काठमाडौं। मन्त्रिपरिषद् बैठक बसिरहेको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेपछिको यो पहिलो मन्त्रिपरिषद्को बैठक हो। गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका थिए।

गत पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका प्रधानमन्त्रीले विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन।

वन तथा वातावरण र युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैले लिएका छन्। प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन्। राजनीतिमा स्थापित भएपनि अवसर नपाएका नयाँ र युवालाई मन्त्रिपरिषद्मा समेटेर प्रधानमन्त्रीले सकारात्मक सुरुवात गरेका छन्।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीकातर्फबाट सरकारमा सहभागिता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.