महिलालाई लगातार ८३ दिनसम्म महिनावारी भएपछि…

डिसी नेपाल
४ माघ २०७९ १६:३९
64
Shares

काठमाडौं । हरेक महिना हुने महिनावारी महिलाका लागि पीडादायी हुन्छ । सामान्यतया महिलाले २ देखि ७ दिनसम्म यसबाट गुज्रनुपर्ने हुन्छ । तर एउटी यस्ती महिला पनि छिन् जसले करिब तीन महिनासम्म लगातार महिनावारीको दुखाइ र असहजता भोग्नुपरेको थियो ।

अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने एक महिलालाई ८३ दिनसम्म महिनावारी भएको थियो । कुरा यति बिग्रियो कि उसलाई रगत चढाउनु पर्यो। यी महिला पेशाले लेखिका हुन् र उनको नाम रोनी मे हो। रोनीले यी ८३ दिनमा आफूले कस्ता कठिनाइहरूको सामना गर्नुपर्यो भन्ने बताएकी छिन् ।

रोनीको कुरा सुनेर सुरुमा डाक्टरले पनि पत्याउन सकेनन् । उनले आकस्मिक कोठामा उनलाई सोधे, ‘तिमीले भनेको जति रगत बगेको हो?’ डेली मेलको रिपोर्टका अनुसार रोनीले धेरै वर्षसम्म समयमै महिनावारी नभएको बताइन्, त्यसपछि सन् २०१५ मा पीसीओएस भयो ।

यद्यपी उनलाई महिनावारीको समयमा धेरै रगत बग्ने गर्दथ्यो तर सन् २०१८ मा एक दिन उनी आफ्नो डेस्कबाट उठिन् र आफूलाई रगतले लतपतिएको पाएकी थिइन् । पीसीओएसमा हार्मोन असंतुलनको कारण, पाठेघरको तह बाक्लो हुन्छ, जसको कारण लामो समयसम्म भारी महिनावारी हुन्छ।

रोनीले भनिन्, कि जब उनी आफ्नो बाथरुमबाट डेस्कसम्म पुगिन्, त्यतिकैमा उनको खुट्टाबाट रगत बग्न थाल्यो । यसपछि उनी अफिसबाट घर आइन् र एक घण्टामा ट्याम्पनको सम्पूर्ण बक्स र प्याडको सम्पूर्ण प्याकेट प्रयोग गरिन् । पीडा कम गर्न उनले तताउने प्याडहरू प्रयोग गर्न थालिन् तर कुनै पनि कुराले रक्तश्राव रोकेन। यसपछि उनीसँग अस्पताल जानुको विकल्प थिएन ।

अस्पतालमा सबै उपाय गरेपछि रोनीले राहत पाइन् । त्यसपछि डाक्टरले उनलाई एउटै प्रश्न सोधे, के साँच्चै तिम्रो यति धेरै रगत बगिरहेको छ ? यसको जवाफ दिँदै उनले भनिन्, ‘काली महिला भएकाले डाक्टरले मलाई विश्वास गर्दैनन्।’

उनी घर जान डराएकी थिइन् त्यसैले उनी दुई हप्ता अस्पतालमै बस्नुपरेको थियो। यस क्रममा रोनीलाई पटकपटक प्यानिक अट्याक भएको थियो । उनको मुटुको चाल र रक्तचाप पनि बढेको थियो । उनलाई रगतको पनि आवश्यकता थियो। पछि उनको शल्यक्रिया गर्नुपरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *