कमल थापाले पुजा गर्दै पार्टी कार्यालय सारे

डिसी नेपाल
४ माघ २०७९ १७:१४
136
Shares

काठमाडौं। राप्रपा नेपालको केन्द्रीय कार्यालय हाडिगाँउमा सरेको छ।

पार्टी अध्यक्ष कमल थापाले झण्डोत्तोलन सहित पार्टीका पदाधिकारी सदस्यहरु तथा जनवर्गिय संगठनका नेताहरुको उपस्थितिमा काठमाडौं महानगरपालिका वडा नं ५ हाडिगाँउ, ढुंगेधारा नजिक पार्टी कार्यालय सारेका हुन्।

पार्टीलाई व्यवस्थित र चुस्त रुपमा संचालन गर्ने क्रममा नयाँ ठाउँमा पार्टी कार्यालय सारिएको महामन्त्री तथा सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिए।

बिशालनगरमा रहेको पार्टी कार्यालय भबन सानो भएको र पार्किङको समस्या भएकोले नयाँ ठाउँमा सारिएको समेत भद्राले बताए। राप्रपा नेपाल पुनर्जागृत गरेपछी दोस्रो पटक पार्टीले आफ्नो कार्यालय सारेको हो।

अध्यक्ष थापाले शुभसाइतमा विधिपूर्वक ब्राह्मणबाट पुजा गरि गृह प्रवेश गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *