विश्वप्रसिद्ध धावक उसैन बोल्ट अचानक कंगाल भए, १ अर्ब ६५ करोड रुपैयाँ बैंक खाताबाट गायब !

डिसी नेपाल
५ माघ २०७९ १२:१४

काठमाडौं । क्यारेबियन देश जमैकाका चर्चित खेलाडी उसेन बोल्ट अहिले गरिब बनेका छन् । उनको जीवनभरको कमाइ र सेवानिवृत्तिको पैसा अचानक गायब भयो। लन्डनदेखि बेइजिङसम्मको रेस ट्र्याकमा दौडिरहेको बोल्टलाई जे भयो यसले सबैको होश उडाएको छ ।

उनले ८ पटक स्वर्ण पदक जितेका पनि छन् । सन्यास लिएपछि अहिले उनी फेरि चर्चामा छन्, तर मुद्दा भने गडबडीको छ । वास्तवमा उसैन बोल्टलाई १२.७ मिलियन डलर (लगभग ९८ करोड रुपैयाँ) ठगिएको छ ।

बोल्टको लगानी खाताबाट १ अर्ब ६५ करोड रुपैयाँ उड्यो । उनको खाता एसएसएल (स्टक्स एण्ड सेक्युरिटिज लिमिटेड) कम्पनीमा थियो। यो जमैकन लगानी कम्पनी हो। एक पत्रलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले यस विषयमा जानकारी दिएको हो।

बोल्टका वकिलले कम्पनीलाई यो पत्र पठाएका छन् जसमा उनको पैसा फिर्ता गर्न माग गरिएको छ । वकिलले पत्रमा लेखेका छन्, ‘यदि यो साँचो हो भने, यद्यपि हामीले आशा गरेका छौं कि यो सत्य होइन, हाम्रो ग्राहकसँग ठगी, चोरी वा दुवैको गम्भीर अपराध गरिएको छ।’

बोल्टलाई पहिलो पटक जनवरी ११ मा थाहा भयो कि उनको पैसा हराएको छ। यसपछि बुधबार उनका वकिलले कम्पनीसँग १० दिनभित्र रकम फिर्ता गर्न र यसो नभए कम्पनीनीविरुद्ध मुद्दा चलाइने माग गरेका छन् ।

अर्को रिपोर्टमा भनिएको छ कि यदि पैसा आठ दिन भित्र फिर्ता भएन भने, बोल्टले यो मुद्दा सर्वोच्च अदालतमा लैजाने योजना बनाएका छन्। बोल्टको खातामा १२.८ मिलियन डलर थियो । जुन उनको सेवानिवृत्ति र जीवनभरको बचतको हिस्सा थियो।

उनका वकिल लिन्टन पी गोर्डनले बोल्टसँग अब १२ हजार डलर मात्र बाँकी रहेको बताए । यसैबीच, कम्पनीले यस विषयमा कुनै वक्तव्य जारी गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *