उर्फीलाई मुम्बईमा घर पाउनै समस्या

डिसी नेपाल
११ माघ २०७९ ११:१४
2.1k
Shares

मुम्बई। आफ्नो फेसनले सबैलाई हैरान बनाउने उर्फी जावेद अहिले नयाँ समस्यामा परेकी छन्। उनले आफ्नो ट्वीटर एकाउण्टमा समस्यालाई फ्यानमाझ सार्वजनिक गरेकी छन्। उनले मुम्बई आफ्ना लागि बस्नका लागि घर पाउन कसरी समस्या परिरहेको छ भन्ने कुरा उल्लेख गरेकी छन्।

उर्फीका अनुसार केही घर मालिक उनको पहिरन सेन्सका कारण उनलाई घर भाडामा दिन मानिरहेका छैनन्। केही भने उनको विवादास्पद छविले घर दिन अस्वीकार गरिरहेका छन्।

‘मुस्लिम घर मालिकहरु मेरो पहिरन शैलीका काaरण घर दिन मानेका छैनन्। त्यस्तै हिन्दु मालिकहरु मलाई मुस्लिम भएको भन्दै घर दिन मानिरहेका छैनन्। केहीले भने मलाई आइरहने राजनीतिक धम्कीका कारण घर दिन मानिरहेका छैनन्’, उनले ट्वीट गरेकी छन्।

उर्फी प्रायः आफ्नो कपडाका कारण चर्चामा आइरहन्छिन्। अहिले बस्नका लागि घर खोजिरहेकी उर्फीलाई त्यही कपडा समस्या बनेको छ । त्यहीकारण उनलाई मुम्बईमा घर पाउन समस्या भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *