ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग

डिसी नेपाल
१३ माघ २०७९ १०:४९
380
Shares

मुम्बई। प्रख्यात फिल्म निर्देशक अनुराग कश्यपको फिल्म ‘ग्याङ्स अफ वासेपुर’ कल्ट क्लासिक फिल्मको सूचीमा पर्छ। दुई भागमा बनेको यो फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो । फिल्मको कथा, कलाकारको अभिनय र गीतलाई दर्शकले निकै मनपराए। आज पनि यो फिल्मका कलाकारलाई दर्शकले उत्तिकै सम्झन्छन्।

तर, निर्देशक अनुराग भने यो फिल्मलाई सम्झन चाहँदैनन्। ‘म यो फिल्मलाई बिर्सन चाहन्छु। म जहाँ पनि जान्छु, मलाई मानिसहरूले ग्याङ्स अफ वासेपुर जस्तो फिल्म कहिले बनाउने भनेर सोध्छन्। यो खुशीको कुरा हो कि मानिसले अझै यो फिल्म सम्झिरहेका छन्। तर, उनीहरूले अर्को फिल्मलाई पनि सम्झनुपर्छ,’ उनी भन्छन्।

‘ग्याङ्स अफ वासेपुर’मा मनोज वाजपेयी, पंकज त्रिपाठी, हुमा कुरैशी, ऋचा चड्डाजस्ता कलाकारको अभिनय थियो । दुवै भागको फिल्म सन् २०१२ मा रिलिज भएको थियो।

कामको कुरा गर्दा निर्देशक अनुराग नयाँ फिल्म ‘अलमस्ट प्यार विद डिजे मोहब्बत’का कारण चर्चामा छन्। यो फिल्म यसै वर्षको फेब्रुअरी ३ मा रिलिज हुँदै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *