चोरीको चुरोट किन्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१३ माघ २०७९ १८:१४
96
Shares

वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–३ का वडा अध्यक्ष मोहन साह कानु प्रहरी नियन्त्रणमा परेका छन् । चोरीको चुरोट बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको बयान दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *