अध्यागमनको सर्भर डाउन भएर अवरुद्ध अन्तर्राष्ट्रिय हवाई उडान सुचारु
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्र्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान रोकिएकोमा अहिले सुचारु भएको छ ।
अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि बन्द भएको अन्तर्राष्ट्रिय उडान सुचारु भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।
अहिले ‘म्यानुअल्ली’रुपमा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन भएको महाप्रबन्धक ठाकुरले बताए।
विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानका फ्लाई दुबई, इन्डिगो एयर इन्डियालगायत एयरलाइन्सका जहाजको उडान रोकिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment