काठमाडौंका आयुष रेग्मीले अष्ट्रेलियामा ‘रेकी हिलिङ’ तालिम दिँदै

डिसी नेपाल
१६ माघ २०७९ १०:५३
160
Shares

काठमाडौं। ‘हिलर’ आयुष रेग्मीले अष्ट्रेलियामा ‘रेकी हिलिङ’ तालिम दिने भएका छन्। फेफ्रुअरी ११ मा सिडनीको ब्ल्याक टाउनमा उनले यो तालिम दिन लागेका हुन्। आयुष नन-भर्वल हिप्नोटिस्ट र ग्रान्डमास्टर इनर्जी हिलर हुन्।

६ वर्षदेखि सिड्नीमा बसोबास गर्दै आएका काठमाडौंका आयुषले लामो समयदेखि ‘हिलिङ’ प्रक्रियामार्फत मानिसका मानसिक समस्या निको पार्दै आइरहेका छन्।

रेकी तालिममार्फत स्मरण शक्ति विकाश, एन्जाईटी, डिप्रेशनबाट मुक्त हुने, आध्यात्मिक उन्नती हुने, मानसिक तनाव, अनिन्द्रा जस्ता समस्याहरुलाई हटाउने काम गरिन्छ। यो तालिम लिएपछि आँफुलाई हिल राख्नुका साथै अरुलाई हिल राख्नुका साथे सिकाउन सकिने इनर्जी हिलर आयुष बताउँछन्।

रेकी १८ सय शताब्दीदेखि अहिलेसम्म चली आएको ‘जापानको हिलिङ’ पद्धती हो। रेकीका विभिन्न तहहरु छन्। प्रत्येक तहमा २१ दिनको साधना गराइन्छ। तर आयुषले मन्त्रसम्मोहनको विधिद्धारा १ दिनमा नै साधनाबिना सबै तहहरुको दिक्षा दिन सकिने बताउँछन्। आयुषले यसअघि अष्ट्रेलियामा नै दुई दिने मन्त्र सम्मोहनको तालिम दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *