पोखरामा आत्मदाह गर्ने पुरुषलाई बचाउन प्रयास गरेकी घरबेटीको निधन

डिसी नेपाल
१६ माघ २०७९ १६:१४
4.6k
Shares

गण्डकी। जलेर सख्त घाइते भएकी पोखरा महानगरपालिका–१३ काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ।

प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले ३५ वर्षीया सापकोटाको गएराति नै निधन भएको जानकारी दिए। सोही घटनामा जलेर घाइते भएका कृष्णबहादुर क्षेत्रीको भने उपचार भइरहेको उनको भनाइ थियो।

“साधारण श्ययामा राखेर उपचार भइरहेको छ, कुनै जटिलता भएमा सघन उपचार कक्ष पनि तयारी अवस्थामा राखिएको छ”, निर्देशक खत्रीले भने। आइतबार जलेर घाइते भएको अवस्थामा दुवैलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए।

आत्मदाह गर्ने प्रयास गरेका ४५ वर्षीय क्षेत्रीलाई बचाउन खोज्दा सापकोटाले उल्टै ज्यान गुमाउनुपरेको जनाइएको छ। क्षेत्री सापकोटाकै घरमा डेरा गरी बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवास तिमिल्सिनाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *