फिल्म ‘पठान’को कमाई ६ दिनमा ६ सय करोड नाघ्यो, बक्स अफिसमा अभिनेता खानको बर्शच्व कायम

डिसी नेपाल
१७ माघ २०७९ १०:४७
2.4k
Shares

काठमाडौँ। अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ ले ६ दिन पनि राम्रो कमाई गरेको छ।  फिल्म पठानले ६ दिनमा ६ सय करोडको आँकडा पार गरेको छ।

पठानले भारतसँगै विश्वभरका मानिसहरूबाट धेरै माया पाइरहेका छन्। शाहरुखका फ्यान थिएटरमा पुगेका छन्। ट्रेड एनालिस्ट रमेश बालाका अनुसार पठानले ६ दिनमा विश्वब्यापी बक्स अफिसमा ६०० करोडको आँकडा पार गरेको छ। पठानको विश्वव्यापी कुल सङ्कलन मात्र ६ दिनमा ६०० करोड पार गर्नु पठानका लागि ठूलो सफलता हो।

फिल्म पठानले आइतबार भारतमा ६०.७५ करोड कमाएको थियो। यो कमाईमा पठानको हिन्दी कलेक्सन ५८.५ करोड थियो। तर सोमबार फिल्मको कमाई आधाभन्दा कम भएको छ। तर कार्यदिवस अनुसार संकलन राम्रो छ।

ट्रेड एनालिस्ट रमेश बालाका अनुसार छैटौं दिन पठानको कमाई २५ करोडको हाराहारीमा भएको छ। योसँगै फिल्मले भारतीय बक्स अफिसमा ३ सय करोडको आँकडा पार गरेको छ।

शाहरुख खानले आफ्नो कमब्याक फिल्म पठानबाट इतिहासको पानामा गहिरो छाप छोडेका छन्। रिलिज भएदेखि पठानले हरेक दिन नयाँ कीर्तिमान बनाइरहेको छ।

‘बाहुबली २’ पहिलो सोमबार हिन्दीमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो। यसको सङ्कलन ४० करोडभन्दा बढी थियो। यसपछि ‘टाइगर जिन्दा है’ ‘हाउसफुल ४’ र ‘क्रिस ३’ ले पहिलो सोमबार ३० करोडभन्दा बढी कमाइ गरेका छन्।

‘बजरंगी भाइजान’ले २७ करोड कमाएर ५ नम्बरमा आएपछि अर्को तीन फिल्म ‘केजीएफ २’ ‘सञ्जु’ र ‘दंगल’ हुन्, जसको पहिलो सोमबार २५ करोडभन्दा बढी कलेक्सन ल्यायो। जहाँ पठानले पहिलो सोमबार २५ करोड कमाएर यो सूचीमा आफ्नो स्थान बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.